कैलालीबाट १७ ग्राम लागू औषध सहित ३ जना पक्राउ

जेठ ११ धनगढी
कैलालीबाट प्रहरीले १७ ग्राम ८५० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । आइतबार वडा प्रहरी कार्यालय धनगढी र लागु औषध ब्युरो शाखा कार्यालय धनगढीबाट खटीएको संयुक्त प्रहरी टोलीले धनगढीका छुट्टाछुट्टै स्थानबाट उक्त परिणाममा लागू औषध बरामद गरेको हो ।

धनगढी उप–महानगरपालिका –३ चौराहाबाट १६ ग्राम २३० मिलिग्राम र धनगढी उप–महानगरपालिका – १२ जुगेडा ‘बी’ गाउँबाट १ ग्राम ६२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढी चौराहाबाट पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी गोला घर भई हाल पलिया बस्ने २४ वर्षीय अबनिश कुमार रहेका छन् ।

यस्तै ‘बी’ गाउँबाट पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका – ११ का ६६ वर्षीय मोती राना र सोही ठाउँका ३१ वर्षीय चैना राना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply