खल्ला मुसेटीमा सामग्री वितरण

जेठ ११ धनगढी
चौपाया स्याहार तथा उद्धार समाज कंचनपुर

(i care you) र श्री बैजनाथ युवा जनसेवा समिती, भि न पा १२ द्वारा आयोजित कपडा बितरण कार्यक्रम भब्यताका साथ सम्पन भएको छ। मिति २०८२/०२/१० गते शनिबारका दिन कंचनपुर जिल्ला भिमदत्त नगरपालिका वडा न. ९ खल्ला र मुसेटी गरि २ ठाउँमा हाराहारी १५० घरधुरीलाई भाडाकुडा, कपि कलम र लत्ताकपडाहरु बितरण गरिएको छ। बिगत लामो समयदेखी सामाजिक कार्यमा अग्रणी भुमिका निभाउदै आउनु भएकी चौपाया स्याहार तथा उद्धार समाजकी संस्थापक मन्जु शाही, बैजनाथ युवा जनसेवा समितिका अध्यक्ष अशोक बुडापाल , लक्ष्मी दत्त जोशी, गजेन्द्र मल्ल, बिस्णु पनेरु,सरिता रावल, लोकराज पन्त, मोहन देब भट्ट , राजकुमार बडायक , आयुस बोकटी, निरुशा बोकटी, अमोल कुवर र रबिन्द्र राज ओझा लगायतका ब्यक्तीहरुको उपस्थितिमा कार्यक्रम समपन्न भएको छ। बिगत लामो समयदेखी छाडा चौपायाहरुको सेवामा लागिरहनु भएकी मन्जु शाहीले यस्ता कार्यक्रमहरु गरेर अरुको मुहारमा मुस्कान ल्याउन पाउँदा आफूमा बेग्लै आनन्दको अनुभूति हुने बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply