जेठ १३ धनगढी
सुदूरपश्चिम प्रदेशको आर्थिक बृद्धिदर सबैभन्दा पछाडी देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालका सातै प्रदेशको आर्थिक वृद्धिदर बारे गरेको प्रक्षेपन अनुसार सुदूरपश्चिममा सबैभन्दा कम ३ दशमलव ३२ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ ।
कृषी क्षेत्र सुधार भइरहेपनि त्यसको प्रसोधन तथा बजारिकरणको अभावका कारण आर्थिक वृद्धिदर पुछारमा पुगेको बिज्ञहरु बताउछन् । धनगढीमा आयोजित कार्यक्रममा तथ्याकं समन्वय कार्यालय कैलालीका प्रमुख गोबिन्द न्यौपानेले प्रस्तुत गरेको तथ्याकं अनुसार राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपनमा सबैभन्दा बढी बृद्धिदर गण्डकी प्रदेशमा हुने छ ।
गण्डकी प्रदेशमा ५ दशमलव ५१ प्रतिशतले आर्थकि बृद्धि हुने छ । त्यस पछि बागमती प्रदेशमा ५ दशमलव १८ प्रतिशतले बृद्धी हुने छ, भने सुदुरपश्चिम प्रदेशमा सबैभन्दा कम ३ दशमलव ३२ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मुल्यमा चालु आर्थिक बर्षका लागी ४ खर्ब ३० अर्ब रहने अनुमान छ । चालु आर्थिक बर्षमा सबैभन्दा बढी योगदान कृषी, वन तथा मस्य क्षेत्रको रहने अनुमान गरिएको छ भने, सबैभन्दा कम प्रशासनिक तथा सहयोगी सेवा क्षेत्र रहेको छ ।
सुदूरपश्चिममा उद्योग तथा कलकारखाना नभएकै कारण आर्थिक बृद्धिदरमा पछाडी देखिएको अर्थशास्त्री राजेन्द्र बिर चन्द बताउछन् । सुदूरपश्चिममा उत्पादन भएको कृषी तथा फलफुललाई उद्योग मार्फत प्रसोधन गरेर बजारमा ल्याउन सके मात्रै यहाँको आर्थिक वृद्धिदर बढ्ने उनको भनाई छ ।