जेठ १३ धनगढी
प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समिति र कैलाली जिल्ला समितिको संयुक्त आयोजनामा कृष्ण सेन ‘इच्छुक’को २३औं स्मृति दिवस मनाइएको छ ।
मंगलबार धनगढीमा एक कार्यक्रमको आयोजना गरि इच्छुकको फोटोमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरिएको हो ।
स्मृति दिवस कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव हरिश विक,नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी,प्रदेश सचिव जनकबहादुर बुढा,सहसचिव अञ्जिता श्रेष्ठको उपस्थिति रहेको थियो ।
त्यस्तै,कार्यक्रममा प्रेस सेन्टर नेपालका निवर्तमान केन्द्रीय सचिव उन्नति चौधरी,निर्वमान केन्द्रीय सदस्य टंक कुँवर, प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश महासचिव तेजराज भट्ट,कैलाली जिल्ला अध्यक्ष सुरेन्द्र ताम्राकार,सहसचिव हिक्मत भुल,सदस्य दीपक बमलगायतको उपस्थिति रहेको थियो ।
आजभन्दा २३ वर्षअघि २०५९ साल जेठ १३ गते आजकै दिन जनपक्षीय पत्रकारिताका धरोहर,साहित्यकार,आदर्श व्यक्तित्व र क्रान्तिकारी नेता इच्छुकको हिरासतमै हत्या गरिएकोे थियो ।
इच्छुक जनयुद्धका बेला नेकपा माओवादीले सञ्चालन गरेको मुखपत्र जनादेश साप्ताहिक र जनदिशा दैनिकका सम्पादक थिए ।