जेठ १३ धनगढी
बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना हुँदा प्रमुखसहित ३ जनाको मृत्यु भएको छ । मंगलबार जगन्नाथ गाउँपालिका– २ को काँडाकोटमा नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ईकवाल हवारीका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जीपमा सवार रविन्द्र धामीको मृत्यु भएको हो ।
उनका अनुसार तीनै जनाको घटना स्थलमा मृत्यु भएको हो भने जिपमा सवार अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा रहेका छन् । टेलिकमको जीप टावर मर्मतका लागि घटना भएको क्षेत्रमा पुगेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1