प्रदेशसभा सदस्य विष्टद्वारा क्षेत्र १ काे विकासका लागि बजेट माग

जेठ १३ धनगढी
सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह विष्टले कञ्चनपुर क्षेत्र नं. १ का लागि आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा उच्च प्राथमिकता दिन आग्रह गरेका छन्।

अर्थमन्त्री बहादुरसिंह थापासँग भेटमा उनले क्षेत्र नं. १ मा दशकौंदेखि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, यातायातलगायतका क्षेत्रमा पूर्वाधार अभावले जनतालाई आधारभूत सेवाबाट वञ्चित हुनुपरेको गुनासो राखे।

विगतमा बजेट सूचीमा परे पनि अन्तिम समयमा कटौती हुँदै आएको भन्दै उनले प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए। बेलौरी, बेलडाँडी, पुनर्वास, लालझाडी लगायत स्थानीय तहमा सडक, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जना केन्द्रित बजेटको माग गर्दै उनले डोडा नदी तटीय क्षेत्रमा तटबन्ध, कृषि तथा पर्यटन पूर्वाधार विकासका लागि विशेष ध्यान दिनुपर्ने बताए।

“अब पनि क्षेत्र उपेक्षित भयो भने प्रदेशसभा भित्र र बाहिर संघर्ष गर्नेछौं,” विष्टले चेतावनी दिए।

अर्थमन्त्री थापाले समावेशी र आवश्यकतामा आधारित बजेट निर्माणमा जनप्रतिनिधिका सुझावलाई सम्मानपूर्वक ग्रहण गरिने आश्वासन दिएका थिए।

उक्त कार्यक्रममा बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना, कांग्रेस नेताहरू तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply