सक्षम पाठशालामा निर्वाचन अभ्यासबाट जिम्मेवारी बाँडफाँट

जेठ १४ धनगढी
कैलालीकाे गाेदावरी नगरपालिका वडा नं. १ मा रहेको सक्षम पाठशालाले छोटो समयमै आफूलाई फरक पहिचान बनाउन सफल भएको छ। शिक्षण मात्र होइन, विद्यार्थीहरूको समग्र विकासलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यो विद्यालय अहिले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यवहारिक र जीवन उपयोगी ज्ञानमा समेत सशक्त बनाउने प्रयत्नमा जुटेको देखिन्छ।

विद्यालयका प्रिन्सिपल तर्कराज भट्टराईका अनुसार, सक्षम पाठशालाले कक्षा कोठाभित्र हुने अतिरिक्त क्रियाकलापहरूलाई पनि विशेष प्राथमिकता दिएको छ। कक्षा प्रतिनिधि (मोनिटर) र भ्वाइस क्याप्टेन जस्ता जिम्मेवारीहरू निर्वाचनको शैलीमा विद्यार्थीहरूमध्येबाट चयन गरेर प्रदान गरिँदै आएको छ। यसले विद्यार्थीहरूमा नेतृत्व विकाससँगै जिम्मेवारी बोधको भावना समेत विकास गर्न मद्दत पुर्याउने प्रिन्सिपल भट्टराईले बताए ।

“यो अभ्यास हो – विद्यार्थीहरूलाई हौसला दिने र उनीहरूको आत्मविश्वास बढाउने,” प्रिन्सिपल भट्टराईले भन्नुभयो, “उनीहरूमा उमङ्ग र उत्साह जगाउन यस्तो अभ्यासले ठूलो भूमिका खेल्छ। यसले विद्यार्थीहरूको बौद्धिकता मात्र होइन, समग्र व्यक्तित्व विकासमा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।”

विद्यालयले हालसालै निर्वाचनको अभ्यासमार्फत विद्यार्थीहरूलाई संलग्न गराएको थियो। अभिभावकहरूको समेत सहभागीता रहेको उक्त कार्यक्रमले विद्यालयको अतिरिक्त क्रियाकलापप्रतिको प्रतिबद्धतालाई झल्काएको थियो। विद्यार्थीहरूले निर्वाचन प्रक्रियालाई बुझ्नुका साथै नेतृत्त्व, योजना निर्माण, निर्णय क्षमता, सहकार्यजस्ता जीवनोपयोगी सीपहरू पनि आत्मसात गर्ने अवसर पाएका थिए।

“हामी अब शिक्षालाई केवल किताबी ज्ञानमा सीमित राख्न सक्दैनौँ,” प्रिन्सिपल भट्टराईले भन्नुभयो, “टेक्नोलोजीको युगमा बाह्य ज्ञान, सीप, र व्यवहारिक ज्ञान झन् आवश्यक छ। त्यसैले हामी विद्यार्थीहरूको रुचिअनुसारका कार्यक्रमहरू सञ्चालन गर्दैछौँ र त्यसैअनुसार आगामी दिनमा अझ धेरै अभ्यासमूलक र प्रविधिमैत्री कार्यक्रमहरू अघि ल्याउने योजनामा रहेको समेत बताए ।”

अभिभावक र समुदायको पनि सक्रिय सहभागिता रहेको सक्षम पाठशालाले शिक्षामा नवीन प्रयोगमार्फत विद्यार्थीहरूको भविष्य निर्माण गर्न लागिपरेको देखिन्छ।

छोटो समयमा नै फरक पहिचान बनाउन सफल यस विद्यालयले आफूलाई “सक्षम” भन्नु मात्र होइन, त्यसको व्यवहारिक अभ्यासमार्फत वास्तविकता सावित गरेको छ। शिक्षण पेशामा समर्पित शिक्षक टोली, विद्यार्थीहरूको सक्रियता, अभिभावकहरूको साथ र नवीन दृष्टिकोणले सक्षम पाठशालालाई गाेदावरी क्षेत्रको एक उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित गर्दै लगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply