जेठ १६ धनगढी
सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । शुक्रबार साँझ ४ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
प्रदेश प्रमुख नजिर मियाँले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यद्दपी नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाकी रहेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले नीति तथा कार्यक्रमलाई प्रदेश सभा बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएर स्वीकृत गर्ने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1