जेठ १६ धनगढी
शनिबारदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा योग शिबिर हुने भएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले भीमदत्त नगरपालिका ४महेन्द्रनगर खुला मञ्चमा योग शिबिर संचालन गर्न लागेको हो । सामुदायिक सेवा केन्दका अध्यक्ष भोजराज भट्टले योगको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले स्वास्थ जिवनका लागि योग शिबिर संचालन गरिएको बताए ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाको प्रमुख आथित्यमा योग संचालन हुनेछ । अध्यक्ष भट्टले पतञ्जली योगपिठ हरिद्धारका योग गुरु पुज्या साध्वी डा. देवीवियजा मुख्य प्रशिक्षक र पतञ्जली योगपिठ नेपालका केन्द्रीय सदस्य एव योग गुरु लवराज भट्ट सहितले योग सिकाउने बताए ।
पतञ्जली योगपिठ नेपालका केन्द्रीय सदस्य एव योग गुरु लवराज भट्टले योग शिबिर मार्फत मानिसको जिवनलाई स्वच्छ राख्न टेवा पुग्ने बताए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले योग मार्फत समाजिक सचेतना जगाउने कार्यमा पत्रकारको भूमिका निर्वाहमा जोडदिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख भुपेन्द्र बहादुर खत्रीले योग मार्फत जागरण ल्याएर समाजिक टेवा पुग्ने बताए । सामुदायिक सेवा केन्दका कानुनी सल्लाहकार पूर्ण भट्टले योग मार्फत कुलतमा फस्ने युवाहरुलाई बचाउनुपर्नेमा जोडदिए । २३जेठसम्मै योग संचालन हुनेछ ।
