कृष्णपुरमा मेयर कप फुटबल र उपमेयर कप महिला भलिबल: खेलकुदमार्फत सशक्तिकरणको सन्देश

हेमा भट्ट जेष्ठ १४, २०८२
कञ्चनपुर – कृष्णपुर नगरपालिकाको आयोजनामा दुईवटा विशेष खेलकुद कार्यक्रम दोस्रो मेयर कप फुटबल प्रतियोगिता र प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिता जेष्ठ १७ गतेदेखि सुरु हुँदैछन्।

लागुपदार्थ विरुद्ध सामूहिक गोल “हाम्रो सामूहिक गोल: लागुपदार्थ दुर्व्यसनको अन्त्य” भन्ने नारासहित दोस्रो मेयर कप फुटबल प्रतियोगिता कृष्णपुर–०६ स्थित सिंहपुर सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आयोजना हुनेछ।
टाईम सिट/ट्रफी सार्वजनिक: जेष्ठ १६ गते साँ टिम दर्ता अन्तिम म्याद: जेष्ठ १६ गते दिउँसो १२ बजे टिम संरचना: १६ खेलाडी, १ म्यानेजर, १ कोच (कुल १८) विजेता: रु. ५१,१५१ र ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने उपविजेता: लाई रु ३१,१३१ ट्रफी, मेडल र प्रमाणपत्र सेमिफाइनल टिमहरू: रु. १९,१११ व्यक्तिगत पुरस्कारहरू: रु. १,०००–२,००० ट्रफी प्रत्येक म्याचको प्लेयरलाई: आकर्षक उपहार नियम:पहेँलो कार्ड चेतावनी र १५०
रुपैया दोहोरो पहेँलो अर्को खेलमा प्रतिबन्ध रातो कार्ड तत्काल निष्कासन ३०० रुपैया जरिवाना

भलिबलबाट महिला सशक्तिकरण
“कृष्णपुरको सान, खेलकुदमार्फत महिला सशक्तिकरण अभियान” भन्ने नारासहित प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिता कृष्णपुर–०२ स्थित वाणी खुलामञ्चको कोर्टमा सञ्चालन हुनेछ। उद्घाटन समारोह: जेष्ठ १७ गते साँझ ४ बजे टिम दर्ता अन्तिम म्याद: जेष्ठ १७ गते दिउँसो १२ बजे टिम संरचना: ९ खेलाडी, १ म्यानेजर, १ कोच (कुल ११)

आवश्यक कागजातहरू वडाको सिफारिस
नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
पासपोर्ट साइज फोटो पुरस्कारहरू:
विजेता: रु. ५१,१५१ ट्रफी,मेडल र प्रमाणपत्र उपविजेता: रु. ३१,१३१ ट्रफी ,मेडल,प्रमाणपत्र
सेमिफाइनल टिमहरू: रु. ११,१११ खेल प्रणाली: लिग प्रणालीमा मान्यता प्राप्त रेफ्रीद्वारा
विरोध प्रक्रिया: खेल सकिएपछि १ घण्टा भित्र रु. ५,००० सहित लिखित उजुरी

नगर प्रमुख हेमराज ओझाले युवा तथा महिलाको सशक्तिकरणमा खेलले ठूलो योगदान पुर्‍याउने बताए।

कार्यक्रम संयोजक खेमराज चौधरीले आवश्यक परे नियमावली परिमार्जन गर्न सकिने र सम्पूर्ण अधिकार मूल आयोजक समितिमा रहने जानकारी दिए।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि नगर प्रमुख ओझा, उपप्रमुख द्रौपती राना, वडा नं. ३, ४, ६ का अध्यक्षहरू, कार्यपालिका सदस्य तथा पत्रकारहरूको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply