सत्ति भन्सार खक्रौलाको राजस्व संकलनमा उल्लेखनीय वृद्धि, ११ करोड ७५ लाख संकलन

गणेश क्षेत्री /जेठ १९ धनगढी

सत्ति भन्सार कार्यालय खक्रौलाले आर्थिक बर्ष २०८१/८२ को जेष्ठ महिना को १९ गते सम्ममै ११ करोड ७५ लाख राजस्व संकलन गर्न सफल भएको छ

गत आर्थिक बर्ष २०८०/८१ मा ८३.३७ प्रतिशत राजस्व मात्रै राजस्व संकलन गरेकोमा यो आर्थिक बर्षमा सतप्रतिशत भन्दा बढि राजस्व संकलन हुने भएको छ
भन्सार प्रमुख टाेप बहादुर भुसाल ले सत्ति भन्सार कार्यालय को लक्ष्य असार मसान्तसम्म १२ करोड ७० लाख रहेको बताउनुभयो

प्रमुख भुसाल ले असार मसान्तसम्मको टार्गेट हो अझै ४० दिन बाकि छ प्रतिशत को हिसाबले ९७.३४ प्रतिशत राजस्व संकलन भएको र ४० दिनमा २. ६६ प्रतिशत भन्दा बढिनै राजस्व संकलन हुने बताउनुभयो

भन्सार का नायब सुब्बा पदमराज भट्ट ले प्लान्ट क्वारेन्टाइन , पशु क्वारेन्टाइन नभएकोले सेवाग्राही लाइ सास्ति खेप्नु परेको त छदैछ राजस्व संकलन समेत प्रभाबित भएको बताउनुभयो

अर्का सुब्बा सिताराम बुढाथोकिले चोरीपैठारी नियन्त्रण गर्न नियमित गस्ति गर्दापनि खुला नाका हुनाले राजस्व चुहावट हुने गरेको बताउनुभयो
गत आर्थिक बर्ष २०८०/८१ मा सत्ति भन्सार कार्यालय खक्रौलाले लक्ष्य १२ करोड १४ लाख ७० हजार रहेकोमा १० करोड २४ लाख २० हजार मात्रै राजस्व संकलन गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply