विभेद अन्त्यका लागि २५ वर्षदेखिको साधना: विनस टेलर र पण्डित गणेश पन्तको अनुकरणीय यात्रा

रैकवार खबर दैनिक
जेठ १९ धनगढी – श्री सहस्त्रलिङ्ग बनारसीधामका प्रिय भक्त विनस टेलर र संस्कारशिरोमणि ज्योतिषी पण्डित गणेश प्रसाद पन्तले २५ वर्ष १० महिना ७ दिनअघि सुरु गरेको अभियान आज सामाजिक समानताको उज्यालो उदाहरण बनेको छ। जातीय विभेदको गहिरो छायाँलाई चिर्दै, उहाँहरूले जन्मदेखि मृत्यु सम्मका सम्पूर्ण धार्मिक कार्य—पूजा, व्रत, मेला, जात्रा, धारो-पधेरो, होटल, मठ-मन्दिरमा समावेशीता सुनिश्चित गर्दै आउनुभएको छ।

अभियानको प्रारम्भमा धेरैले यो कार्यलाई “अनैतिक” भन्दै आलोचना गरे। कतिपयले त सार्वजनिक टीका-टिप्पणी समेत गरे। तर समय बित्दै जाँदा उहाँहरूको सत्कर्मको प्रभाव समाजमा गहिरिँदै गयो। अहिले त्यही समाज उहाँहरूको योगदानलाई कदर गर्दै उत्साहका साथ साथ दिइरहेको छ।

पण्डित गणेश पन्तले रैकवार खबर दैनिकसँगको कुराकानीमा भावुक हुँदै भन्नुभयो:
“२५ वर्षदेखि विनस टेलरजीसँग मिलेर हामीले जतिसुकै अप्ठ्यारो किन नहोस्, कुनै न कुनै किसिमको धार्मिक कार्य बिना भेदभाव गर्दै आएका छौँ। आज पनि उहाँकै घरमा पितृकार्य सम्पन्न गर्दैछु। म गर्व गर्छु—समाज परिवर्तन यस्तै निरन्तर प्रयासबाट सम्भव हुन्छ।”

आज दलित समुदायका धेरै व्यक्तिहरू पन्तले गरेका कामलाई ‘धार्मिक समावेशीताको ऐतिहासिक पहल’ भन्दै प्रशंसा गर्छन्। जहाँ-जहाँ उहाँहरू पुग्नुपर्ने हुन्छ, आफैँ सम्पर्क गरेर, आफैँ पुगेर कार्य सम्पन्न गर्ने उहाँहरूको प्रतिबद्धता उदाहरणीय छ।

श्री सहस्त्रलिङ्ग बनारसीधामको यो अभियान अब केवल धार्मिक काममा सीमित छैन—यो समावेशीता, समानता र सद्भावको आन्दोलन बनेको छ। जातीय विभेद अन्त्यको यो सत्कर्म भावी पुस्ताका लागि प्रेरणा बन्न सकोस् भन्ने शुभकामनासहित, सम्पूर्ण समाजले यस्ता अग्रदूतहरूको सम्मान गर्न जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply