२१ जेष्ठ धनगढी
कञ्चनपुरबाट खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१० जर्सिखोलाबाट कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरका २१ वर्षीय राकेश राना र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने २० वर्षीय निशान चौधरी पक्राउ परेका हुन ।
उनीहरुको साथबाट ८ ग्राम ९७० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा सुदूरपश्चिम प्रदेश ०१–००९ प ८१७२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक राना र पछाडी सवार चौधरीलाई लागू औषध सहित पक्राउ गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1