बेलौरीमा क्षयरोगका ९ जना सम्भावित बिरामी भेटिए

२१ जेष्ठ धनगढी
कञ्चनपुरको बेलौरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत ९ जना सम्भावित बिरामी भेटिएका छन । समुदाय स्तरमा गरिएको एआइ एक्सरे क्षयरोग खोज पड्ताल शिविरमा पहिलो दिनमै ७ जना पुरुष र २ जना महिलामा क्षयरोगका सम्भावित लक्षण देखिएको हो ।

अभियानका क्रममा १ सय ७१ जनाले सेवा लिएका छन् । बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित बेवरी आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको उक्त शिविरमा १०५ जना पुरुष र ६६ जना महिला सहभागी भएको स्वास्थ्य शाखा प्रमुख जय सिंह बोहराले जानकारी दिए ।

उनका अनुसार क्षयरोग मुक्त बेलौरी बनाउने लक्ष्यका साथ अभियान सुरु गरिएको हो । बेलौरी नगरपालिका वडा नम्बर ५ बाट सुरु गरिएको अभियान क्रमशः वडा नम्बर ४ र १० मा पनि सञ्चालन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply