२१ जेष्ठ धनगढी
गङ्गादशहराको अवसरमा धनगढी उपहानगरपालिका–१६ स्थित बेहडाबाबामा लाग्ने मेलाका लागि उपमहानगरले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। मेलामा जाने सर्वसाधारणको सुविधाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिन लागेको हो।
बेहडाबाबा मेलाको भोलि (जेष्ठ २२ गते) मुख्य दिन हो। दर्शनका लागि जाने सर्वसाधारणलाई सुविधा होस् भनेर निःशुल्क बस सेवा सञ्चालन गरिने नगर प्रमुख गोपाल हमालले भिडियो सन्देशमार्फत जानकारी दिएका छन् ।
यात्रुको सुविधाका लागि धनगढी–१७ शिवगङ्गा नदीदेखि बेहडाबाबा मन्दिरसम्म बुधवार राति १२ बजेदेखि बिहिवार साँझसम्म तीर्थालु भक्तजनहरूको सहजताका लागि निःशुल्क बस सञ्चालन गरिने उनले बताए।
बेहडाबाबा मन्दिर जाने सडक साँघुरो भएकाले यात्रुहरू जाममा पर्ने समस्या समाधान गर्न निस्शुल्क बस सेवा प्रदान गर्ने नगर प्रमुख हमालले बताए। नगर बसबाट सर्वसाधारणलाई निस्शुल्क बस सेवा दिइने नगर प्रमुख हमालले भिडियो सन्देशमार्फत जानकारी दिएका छन्।