हेमा भट्ट २०८२ जेठ १२
कञ्चनपुर – महेन्द्रनगर – कञ्चनपुर जिल्लाको चिकित्सा इतिहासमा पहिलोपटक मन्त्र अस्पताल, महेन्द्रनगरमा सफल मेरुदण्ड शल्यक्रिया सम्पन्न भएको छ।
जेठ ९ गते बुटवलबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बसको ढोका हुँदै खसेर बेदकोट–१ निवासी ३१ वर्षीय धीरेन्द्र खत्री गम्भीर घाइते भएका थिए। प्रारम्भिक उपचारका लागि उनी कोहलपुर मेडिकल कलेज लगिएका थिए जहाँ गरिएको MRI परीक्षणमा उनको मेरुदण्डको L1 हाड पूर्ण रूपमा चुँडिएको (L1 vertebrae burst fracture) पाइएको थियो।
विशेषज्ञ चिकित्सकहरूको सल्लाह अनुसार शल्यक्रिया आवश्यक भएपछि उनलाई महेन्द्रनगरस्थित मन्त्र अस्पतालमा सारिएको थियो।
त्यसपछि २०८२ जेठ १२ गते डा. दुर्गेश चौधरी, डा. केशव भट्ट, डा. मुकेश गामीसहितको दक्ष ओटी (अप्रेशन थिएटर) टोलीद्वारा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो।
यो उपलब्धि कञ्चनपुर जिल्लाको चिकित्सा सेवामा एक ऐतिहासिक माइलस्टोनको रूपमा हेरिएको छ।
मन्त्र अस्पतालमा उपलब्ध विशेष सेवाहरू:
१. नवजात शिशु तथा बालरोग सेवा
२. आकस्मिक (इमर्जेन्सी) चिकित्सा सेवा
३. सामान्य मेडिसिन तथा फिजिसियन सेवा
४. स्त्री तथा प्रसूति रोग सेवा
५. नाक, कान, घाँटी रोग सेवा
६. हाडजोर्नी तथा नसा रोग सेवा
७. सामान्य तथा ल्यापोस्कोपिक शल्यक्रिया सेवा
८. मुख, अनुहार तथा बङ्गारा सम्बन्धी सेवा
९. दन्त रोग सेवा
१०. फिजियोथेरापी सेवा
यस सफलताको माध्यमबाट मन्त्र अस्पतालले सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय, सुलभ र अत्याधुनिक सेवा उपलब्ध गराउने प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. सञ्चालनमा आएको छ। अस्पतालले २४ सै घण्टा आकस्मिक, अप्रेशन, आईसीयू/एचडीयू, भिडियो एक्स–रे, ल्याब, फार्मेसी, फिजियोथेरापी लगायत सेवा प्रदान गर्दै आएको छ। विशेषज्ञ सेवामा नवजात शिशु, बालरोग, स्त्रीरोग, हाडजोर्नी, नाक–कान–घाँटी, दन्त, नसा, ल्याप्रोस्कोपिक सर्जरी लगायत उपलब्ध छन्। सम्पर्क: ०९९–५२०५४८ / ९७४९३१९८०४