चाेरीका ८ वटा मोटरसाइकलसहित ४ जना पक्राउ

२२ जेष्ठ धनगढी
कैलाली जिल्लाको विभिन्न स्थानहरूबाट चोरी गरिएका मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानीका २२ वर्षीय मदन सार्की, घोडाघोडी–१ लोहारपुरका १४ वर्षीय नीराजन शाही, घोडाघोडी–१० पहलवानपुरका २३ वर्षीय जितेन्द्र चौधरी र घोडाघोडी–१ लक्ष्मीपुरका १४ वर्षीय अर्का एकजना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुलाई बुधबार इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक रमेशदत्त अवस्थीको कमान्डमा खटिएको टोलीले घोडाघोडी नगरपालिका–१ लोहारपुर र सो क्षेत्र वरपरका जङ्गलहरूबाट पक्राउ गरेको जनाइएको छ ।

उनीहरूको साथबाट जिल्लाका विभिन्न स्थानबाट चोरी गरिएका ८ वटा मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद मोटरसाइकलहरू विभिन्न कम्पनीका रहेको जनाइएको छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply