राजघाटमा झुलङ्गे पुल दुलहीझैँ सिँगारियो, युवा टिमको उदाहरणीय पहल

जेठ २२ धनगढी
कञ्चनपुर, कृष्णपुर नगरपालिका–९, राजघाटस्थित झुलङ्गे पुल अहिले नयाँ रूपमै देखिएको छ। पुललाई फूल, रङ, झिलिमिली बत्ती र आकर्षक सजावटले दुलहीझैँ सिँगारिएको छ। यो कार्य सम्भव भएको हो युवा एकता अभियानको पहलमा, जसको नेतृत्व अध्यक्ष इन्द्र देव बोहराले गरेका छन्।

स्थानीय युवाहरूको सक्रियता र सामूहिक श्रमले यस कार्यलाई सफल बनाएको हो। पुल अब टिकटक भिडियो, सेल्फी र फोटोशूटका लागि आकर्षक गन्तव्य बनेको छ। स्थानीयहरू भन्छन्, “पहिले हेर्दा सामान्य झुलङ्गे पुल थियो, अहिले यो एक ‘फोटो स्पट’ बनिसकेको छ।”

सहयोगी दाताहरूलाई धन्यवाद

कार्यक्रममा बोल्दै अध्यक्ष बोहराले भने,

“हामीले अरूलाई परिवर्तन गर्नु अघि आफैँबाट सुरु गर्नुपर्छ। हाम्रो सानो प्रयासले समुदायमा ठूलो प्रभाव पार्न सक्छ।”

उक्त परियोजनामा आर्थिक तथा भौतिक सहयोग गर्ने दाताहरूलाई युवा टिमले विशेष धन्यवाद ज्ञापन गरेको छ।

विशेष निमन्त्रणा – जेठ २४ गते, शनिबार

युवा एकता अभियानले यही जेठ २४ गते शनिबार, पुलमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रममा सबै स्थानीय बासिन्दा, सहयोगी दाता, समाजसेवी तथा युवाहरूलाई उपस्थित भई हौसला प्रदान गर्न अनुरोध गरिएको छ।

सम्पर्क:
युवा एकता अभियान, राजघाट
अध्यक्ष: इन्द्र देव बोहरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply