हेमा भट्ट जेठ २३
कञ्चनपुर- मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को आयोजनामा कञ्चनपुर जिल्लाका सम्पूर्ण विद्यालयहरूमा लक्षित गर्दै “दन्त स्वास्थ्य जनचेतना कार्यक्रम” सञ्चालन हुने भएको छ। बालबालिकालाई दन्त स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले शुरु गरिएको यो अभियान हरेक शुक्रबार एक विद्यालयमा नियमित रूपमा सञ्चालन गरिनेछ।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई व्यवहारिक र ज्ञानमूलक प्रशिक्षण प्रदान गरिनेछ, जसमा निम्न विषयवस्तु समेटिएको छ:
दन्त संरचनाको आधारभूत जानकारी
दाँत सफाइ र रोकथाम उपायहरू
ब्रस गर्ने सही प्रविधि
हात धुने तरिका
बालबालिकालाई सानै उमेरदेखि स्वच्छता र स्वास्थ्यप्रति जिम्मेवार बनाउन उद्देश्य राखिएको यो कार्यक्रमले उनीहरूको आत्मविश्वास र उज्यालो भविष्य निर्माणमा मद्दत गर्ने आयोजकको विश्वास छ।
कार्यक्रमको पहिलो चरण यस शुक्रवार कञ्चनपुरको United Public Secondary School मा सुरु हुँदैछ।
थप जानकारीका लागि सम्पर्क:
099-520548 / 9749319804