सुदूरपश्चिममा थप पाँच जनामा कोभिड सङ्क्रमण पुष्टि

जेठ २३ धनगढी । सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रबार कैलालीको गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल भित्रिएका पाँच जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो ।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार शुक्रबार गौरीफन्टा हुँदै नेपाल फर्किएका ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो ।

बुधबार गौरीफन्टा हुँदै भारतबाट नेपाल आएका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply