जेठ २३ धनगढी
✍ मनिसा सुनार
धनगढी – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई गर्वको शिखरमा पुर्याएका खेलाडी दिपक चौधरी २०८२ सालमा सम्पन्न तेस्रो चैतन्य सुदूरपश्चिम प्रदेशस्तरीय प्रतियोगिता खेल्दै गर्दा गम्भीर घाइते हुनुभयो। खेलको दौरान हातको हड्डी भाँचिएको कारणले अहिले उहाँ माया मेट्रो अस्पताल, धनगढीमा उपचाररत हुनुहुन्छ।
तर पीडादायक कुरा के छ भने — जसले देशको झण्डा विश्वसामु फहराएका छन्, आज उनी स्वयं उपचार खर्च जुटाउन संघर्षरत छन्। पारिवारिक अवस्था कमजोर भएका कारण आवश्यक उपचार खर्च जुटाउन निकै कठिन भइरहेको छ।
सरकारको मौनता, सरोकारवाला निकायहरूको उदासीनता, र समाजको चुप्पीले गम्भीर प्रश्न खडा गरेको छ —
के राष्ट्रका लागि योगदान दिने व्यक्तिहरू संकटमा पर्दा यति बेसहारा बन्नुपर्ने हो?
आज दिपक चौधरीको पीडा केवल उहाँको निजी होइन, यो हाम्रो सामूहिक उत्तरदायित्व हो।
हामी सबैले सामाजिक चेतना र मानवीय संवेदनाबाट प्रेरित भई सहयोगको हात फैलाउनु आवश्यक छ।
चैतन्य पाठशालाबाट १५,००० रुपैयाँको सहयोग गरिएको गुरु लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो।
सहयोगका लागि सम्पर्क:
लक्ष्मण श्रेष्ठ – ९७६५३२३०३०
राष्ट्रका गहनालाई संकटमा एक्लो नछाडौं।