सान्दर्भिक समाचार: प्रेस सेन्टर नेपाल सुदूरपश्चिमको तेस्रो पूर्ण बैठक सम्पन्न

हेमा भट्ट २५ जेठ २०८२
कञ्चनपुर – प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको तेस्रो पूर्ण बैठक जेठ २५ गते महेन्द्रनगर, कञ्चनपुरमा सम्पन्न भएको छ। बैठकमा संगठन सुदृढीकरण, सञ्चारकर्मीका हकहित, तालिम तथा क्षमता विकास, र समसामयिक राजनीतिक परिप्रेक्ष्यमा सञ्चारकर्मीको भूमिका सम्बन्धी विषयमा महत्वपूर्ण छलफल तथा समीक्षा गरिएको थियो।

बैठकले सुदूरपश्चिम प्रदेशभर संगठन विस्तार, पत्रकार संरक्षण, र दक्षता अभिवृद्धिका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै अघि बढाउने निर्णय गरेको छ।

बैठकमा प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले आधुनिक प्रविधिसँग सुसज्जित पत्रकारिता आवश्यक रहेको बताउँदै सञ्चारकर्मीहरूले उत्पीडित र वञ्चित वर्गको आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए। माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमविक्रम भाटले माओवादीले सामाजिक न्याय, राष्ट्रियता र सुशासनका पक्षमा लिएको अभियानमा जनताको ऐक्यबद्धता रहेको बताए।

यस्तै, सुदूरपश्चिम प्रदेश सह-सचिव केशवनाथ योगीले समाज रूपान्तरणका लागि सञ्चारकर्मीको भूमिका अपरिहार्य रहेको धारणा राखे।

बैठकमा प्रदेश समितिका पदाधिकारीहरू, सदस्यहरू, सबै जिल्लाका अध्यक्ष र प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकको अध्यक्षता प्रदेश अध्यक्ष केशवाज जोशीले गरेका थिए भने सञ्चालन महासचिव तेजराज भट्टले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply