कञ्चनपुर – कृष्णपुर नगरपालिका वडा नं. ९ मा पर्ने मोहना पक्की पुलदेखि रिभरसाइडको फुटबल मैदानसम्मको सडक खण्डमा आजदेखि कालोपत्रे (डामर) गर्ने काम सुरु गरिएको छ। यस सडकको निर्माणले क्षेत्रको यातायात सहज बनाउने अपेक्षा गरिएको छ।
वडा कार्यालयले सूचना प्रकाशित गर्दै काम सम्पन्न नभएसम्मको लागि स्थानीयवासीहरूलाई मूल सडक प्रयोग नगरी वैकल्पिक बाटोबाट आवतजावत गर्न आग्रह गरेको छ। साथै, निर्माण कम्पनीलाई सहज वातावरण उपलब्ध गराउन सबैलाई अनुशासन र सहयोगको अपिल समेत गरिएको छ।
वडा अध्यक्ष कैलाश बहादुर बलायरका अनुसार, “यो विकास कार्य हाम्रो साझा भविष्यका लागि हो। त्यसैले सबैले धैर्य र समझदारीका साथ सहयोग गर्नु जरूरी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
