जनताको सपना बेचिँदैछ, योजना होइन : सांसद सरल”

रैकवार खबर जेठ २६, २०८२
धनगढी – सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री ओम विक्रम भाट ‘सरल’ले प्रदेश सरकारमाथि गम्भीर आरोप लगाएका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा बोल्दै भाटले सत्तारूढ गठबन्धनलाई ‘भ्रष्टाचारको संरक्षण गर्ने संरचना’ भन्दै कडा आलोचना गरे।

सांसद सरलले हालको नीति तथा कार्यक्रम सतही, असन्तुलित र जनअपेक्षाविपरीत भएको टिप्पणी गरे। “कार्यक्रम संसद्मा छलफल नभई होटलमा बन्ने सुनिन्छ,” उनले भने, “यदि यो सत्य हो भने, यो प्रत्यक्ष रूपमा संसदको अपमान हो।”

उनले प्रदेश सरकार योजना बिक्रीमा लिप्त भएको आरोप लगाए। “योजना बेच्नेको बदनाम बढ्दै गएको छ। यदि सरकार सफा छ भने संसदीय छानबिन समिति गठन किन भएन?” भन्दै उनले शंका व्यक्त गरे।

सरलले मुख्यमन्त्री कमल शाहप्रति आक्रोश व्यक्त गरे पनि त्यो व्यक्तिगत नभई संस्थागत भएको स्पष्ट पारे। “म कमल शाह व्यक्ति लाई होइन, मुख्यमन्त्रीको हैसियतमा प्रश्न गरिरहेको छु,” उनले स्पष्ट पारे।

भाटले नारायण गोपालको गीत र ‘सम्राटको नयाँ लुगा’ कथाजस्ता साहित्यिक उदाहरणमार्फत सरकारको कार्यशैलीमाथि व्यंग्य गरे। उनले भने, “सब चुप छन्, कसैले भन्न सक्दैन— राजा त नाङ्गै छन्।”

सांसद भाटले सीमावर्ती क्षेत्रहरूमा भारतले डोजर चलाइरहँदा प्रदेश सरकार मौन रहेको भन्दै राष्ट्रवादप्रति प्रश्न उठाए। “लिपुलेक, लिम्पियाधुरा, कालापानीमा ठोस नीति ल्याउन सकेन सरकार,” उनले आक्रोश व्यक्त गरे।

उनले नीति कार्यक्रम राम्रो भाषामा लेखिए पनि त्यसले आत्मनिर्भरता कायम गर्न नसक्ने दाबी गरे। स्वास्थ्य, शिक्षा, विमानस्थल र भाषा–संस्कृति क्षेत्र उपेक्षित रहेको भन्दै उनले सरकारलाई कठोर समीक्षा गरे।

“बाहिर ‘सब ठिक छ’ देखाउने, भित्र लाभको खेल चलाउने नीति आएको छ,” भाटले भने, “यो आकस्मिक सौन्दर्य मात्र हो, समृद्धिको साधन होइन।” उनको सम्बोधनले प्रदेश सरकारको नीतिगत असमञ्जस र राजनीतिक मौनतामाथि गम्भीर प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply