जेठ २६ धनगढी
कञ्चनपुर — पछिल्लो समय अत्यधिक गर्मी बढेपछि बेलौरी नगरपालिकाले जेठ २७ र २८ गते नगरभित्रका सामुदायिक तथा निजी विद्यालयमा दुई दिन विदा दिने निर्णय गरेको छ।
नगरप्रमुख पोतिलाल चौधरीद्वारा हस्ताक्षरित सूचनामा विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी वर्षे विदाबाट मिलान हुनेगरी विद्यालय बन्द गरिने जनाइएको छ।
गर्मी बढेसँगै कञ्चनपुरमा जनजीवन प्रभावित भएको छ। विशेषगरी विद्यार्थी, बालबालिका र मजदुर प्रभावित भएका छन्। चहलपहल घटेसँगै व्यापार व्यवसायमा समेत असर परेको व्यवसायीहरू बताउँछन्। मौसमविद्हरूले केही दिनमै मनसुन प्रवेश गर्ने सम्भावना रहेको जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1