कृष्णपुर–९ ले जित्यो दोस्रो मेयर कप फुटबलको उपाधि ७ उपविजेता, पेनाल्टी सुटआउटमा रोमाञ्चक जित

हेमा भट्ट २६ जेठ २०८२
कञ्चनपुर – दोस्रो कृष्णपुर मेयर कप फुटबल प्रतियोगिता २०८२ को उपाधि कृष्णपुर–९ ले जितेको छ। फाइनल खेल सिहंपुर सामुदायिक बनको रमणीय खेलमैदानमा सम्पन्न भएको थियो।

निर्धारित समयसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। तनावपूर्ण क्षणहरूबीच कृष्णपुर–९ ले कृष्णपुर–७ लाई पेनाल्टीमार्फत पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।
कार्यक्रमको सभाध्यक्षता कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले गर्नुभयो।
प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय गीता चौधरी रहनुभएको थियो।
नगर उप–प्रमुख द्रौपती राना विशिष्ट अतिथि रहनुभयो।अन्य अतिथि
वडा नं. १ अध्यक्ष मोहन बस्नेत
वडा नं. २ अध्यक्ष अर्जुन साउद
वडा नं. ३ अध्यक्ष खेमराज चौधरी
वडा नं. ४ अध्यक्ष धर्मसिंह
वडा नं. ५ अध्यक्ष टेक पाण्डे
वडा नं. ६ अध्यक्ष बाबुराम चौधरी
वडा नं. ७ अध्यक्ष घुम्मन राना
वडा नं. ८ अध्यक्ष दिनेश खड्का
वडा नं. ९ अध्यक्ष कैलाश बलायर
कार्यक्रम सञ्चालन हेमन्त रानाले गर्नुभएको थियो।
खेलाडीहरूले प्रस्तुत गरेको उत्कृष्ट प्रदर्शनले दर्शकहरूको मन जित्यो। मैदान दर्शकले खचाखच भरिएको थियो। जब कृष्णपुर–९ ले उपाधि जित्यो, खेलाडीहरू खुसीले मैदानमै नाच्न थाले।

नगर प्रमुख ओझाले विजेता टिमलाई बधाई दिँदै भने, “आगामी दिनमा खेल र खेलाडीको विकासका लागि नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध छ।”

माननीय प्रमुख अतिथि गीता चौधरीले खेलकुदले युवाको उर्जा सकारात्मक दिशामा लग्ने उल्लेख गर्दै, यस्ता प्रतियोगिताहरूको निरन्तरताको आवश्यकता औंल्याउनुभयो।

दर्शकहरूले जनप्रतिनिधिहरूले समेत मैदानमा सहभागिता जनाउनु विशेष आकर्षण भएको प्रतिक्रिया दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply