सुदूरपश्चिममा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मंगलबार कैलालीको गौरीफन्टा नाका र बैतडीको झुलाघाट नाका हुँदै भारतबाट नेपाल भित्रिएका दुई जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो ।
प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार गौरीफन्टामा र झुलाघाट सीमानाकामा १/१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
झुलाघाट सीमानाका ४ जना र गौरीफन्टा सीमा नाकामा २ जनाको एन्टिजेन परीक्षण गरिएको जनाइएको छ । सुदूरपश्चिममा कोभिड संकमण हुनेको संख्या १६ पुगेको छ ।
भारतमा कोरोना संक्रमण बढीरहेका बेला भारतबाट नेपाल फर्किकाहरुमा कोरोना संक्रमण देखिन थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
