गणेश क्षेत्री / टीकापुर नगरपालिका वडान १ मा बिहे भएको ७ महिनामै महिलाको संकास्पद मृत्यु को विषयलाइ लिएर बिवाद भएको छ
रात्री ११ बजे अनिता बिक लाइ घरपरिवार ले टीकापुर अस्पताल पुर्याएका थिए ! तर अस्पताल ले मृत्यु भएको घोषणा गरेको थियो! मृतक को घाँटि,, नाक , आँखा गर्दन लगायतका ठाउँमा चोटपटक लागेको देखिदा देखिदै अस्पताल का डा प्रसान्त भट्टराई ले सामान्य मृत्यु को सर्टिफिकेट दिएको मृतक अनिताका सहोदर दाजु दिर्घ बिक ले बताएका छन्
डा प्रसान्त भट्टराई सङ्ग चोटपटक लागेको देखिदा देखिदै किन सामान्य मृत्यु को सर्टिपिकेट दिएको भनेर प्रस्न गर्दा अस्पतालमा ल्याउँदा मृत्यु भइ सकेको थियो आफुले चोटपटक लागेको नदेखेको बताउनुभयो
डा भट्टराई ले प्रहरी लाइ पनि उपचार गर्न ल्याएको तर मृत्यु भइसकेको भनेपछि प्रहरी ले पनि चासो दिएनन् मृत्यु भइसकेपछि माइतिलाइ खबर नगरेरै दाहसंस्कार गर्ने तयारि भएको मृतकको भाउजु सर्मिला बिक ले बताउनुभयो मृतक का भाइ संकर ताम्राकार ले डा प्रसान्तको चरम लापरबाही ले गर्दा सामान्य मृत्यु को सर्टिपिकेट दिएको बताउनुभयो घर लगिसकेको लाशलाइ बिवाद भएपछि पुनः अस्पताल पुर्याएर तेस्रोदिन मात्रै पोस्टमार्टम भएको छ भने रिपोर्ट आउन बाकि रहेको छ इलाका प्रहरी कार्यालय टीकापुर का इन्चार्ज नबिनराजा बुढाथोकी ले पोस्टमार्टम रिपोर्ट अनुसार निर्णय हुने बताउनुभयो
तर मृतकका सहोदर दाजु दिर्घ बिक ले प्रहरी ले चासो नदिएको , प्रहरी दवाब मा आएको , मृतक लाइ चोटपटक लागेको देखिदादेखिदै पनि पक्राउ नगरेको बताउदै स्थानीय हरुले इलाका प्रहरी कार्यालय को गेटमा नाराबाजी गरेका छन् मृतक को छिमेकी अनिता देबि शार्किले यो महिला माथिको अत्याचार भएर हत्या नै भएकोहो प्रहरी ले किन ढिलाइ गर्दैछ भनेर प्रस्न गर्नुभयो हत्यानै भएको र दोषिलाइ कार्बाहि गर्नुपर्ने भन्दै मृतक का आफन्तजनले गेटमा धर्ना दिएका छन् ! मृतक को अझैसम्म दाहा संस्कार भएको छैन