महाकाली यातायातको दोस्रो साधारण सभा सम्पन्न

जेठ २८ धनगढी
कञ्चनपुर — महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिको दोस्रो वार्षिक साधारण सभा २०८२ बुधवार सम्पन्न भएको छ। भीमदत्त नगरपालिका–४, महेन्द्रनगरस्थित भानु पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले गरेका थिए। उद्घाटन मन्तव्यमा अध्यक्ष स्वाँरले गण्डकी प्रदेश सरकार लगायत राज्यका विभिन्न निकायहरू सार्वजनिक यातायात क्षेत्रलाई धरासायी बनाउने प्रयासमा लागेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। उनले सार्वजनिक यातायात क्षेत्रको संरक्षणका लागि सम्पूर्ण यातायात व्यवसायीहरूलाई एकजुट हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा शुभकामना मन्तव्य दिने विभिन्न क्षेत्रका वक्ताहरूले महाकाली यातायात कम्पनीले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे। कार्यक्रममा रौटेला वृद्धाश्रम लगायतका सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग प्रदान गरिएको थियो भने यातायात क्षेत्रमा योगदान पु‍र्‍याउने व्यवसायीहरूलाई सम्मानित पनि गरिएको थियो।

सभाको अध्यक्षता कम्पनीका अध्यक्ष डम्बरदत्त पन्तले गरेका थिए भने सञ्चालन सचिव देवराज जोशीले गरेका थिए।

महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिले आगामी दिनहरूमा थप स्तरीय, सुविधासम्पन्न र सुरक्षित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply