भजनीमा प्रहरीको गोली लाग्दा दुई युवा घाइते

गणेश क्षेत्री
जेठ २९
धनगढी -कैलालीको भजनी नगरपालिका–७ मा प्रहरीको गोली लाग्दा दुई युवक घाइते भएका छन्।

गत १५ जेठमा टीकापुरमा कफी पिइरहेका टेकेन्द्र बिष्टमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका अछामका रिदम ढुङ्गाना र धनगढी उपमहानगरपालिका–५ का मिलन चन्द प्रहरीको नियन्त्रणबाट भाग्ने प्रयास गर्दा गोली लागेर घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार शिबरत्नपुर, कैलारी गाउँपालिकाबाट पक्राउ गरिएका उनीहरूलाई टीकापुर ल्याउँदै गर्दा भजनीमा पिसाब फेर्ने क्रममा भाग्न खोजेपछि प्रहरीको गोली चलाइएको हो।

दुवैजनालाई तीघ्रामा गोली लागेको र उनीहरूलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

टेकेन्द्र बिष्टमाथिको आक्रमणपछि फरार रहेका ढुङ्गाना र चन्दलाई पक्राउ गर्न नसकेको भन्दै प्रहरीले आलोचना भोग्नु परेको थियो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी नविन राजा बुढाथोकीले कानूनविपरीत कार्य गर्नेहरूलाई आवश्यक परे बल प्रयोग गरेर पनि नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम गरिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply