जेठ २९ धनगढी
देशभरका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । सरकारले ल्याएको नयाँ कर प्रणाली विरुद्ध कैलालीका सुनचाँदी व्यवसायी पनि आन्दोलित बनेका छन्।
सुनचाँदी व्यवसायी बिहीबार धनगढी चौराहादेखि जिल्ला प्रशासन कार्यालयसम्म हातमा चाबी लिएर विरोध ¥याली निकालेका हुन्।
उनीहरुले नयाँ कर प्रणाली खारेजीको माग राखेका छन् । प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएर सुरु भएको आन्दोलन नियमित रूपमा अघि बढ्ने उनीहरु बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी सघँ कैलालीका अध्यक्ष यदु सुनारले सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मूल्यभन्दा बिक्री मूल्य फरक हुनुपर्ने स्वाभाविक अवस्था रहेको बताए। उनले यस्तो प्रक्रिया व्यवसायमा घाटा पु¥याउने भन्दै यसमा पुनर्विचार गर्न माग गरे।
हाल लागु भएको १३ प्रतिशत भ्याट तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्नपर्ने,कर संरचना परिवर्तन नगरी पूर्ववर्ती अवस्था कायम राख्नपर्ने,निर्यात हुने सुनचाँदीमा ५ प्रतिशत टीडीएस हटाउने व्यवस्था मिलाउनु पर्ने सुनचाँदी व्यवसायीका माग रहेका छन् ।
व्यवसायीहरूले सरकारलाई अविलम्ब समस्या समाधान गर्न आग्रह गरेका छन् । अन्याय थप आन्दोलन चर्काउने चेतावनीसमेत उनीहरुले दिएका छन्।