सांसद साउदको पहलमा कञ्चनपुरमा तटबन्ध निर्माणका लागि करोडौं बजेट

✍️ रैकवार खबर जेठ ३० धनगढी
कञ्चनपुर क्षेत्र नम्बर २ मा बाढी र नदी कटानको जोखिम न्यूनीकरण गर्न तटबन्ध निर्माणका लागि संघीय सरकारले करोडौं रुपैयाँको बजेट विनियोजन गरेको छ। प्रतिनिधिसभा सदस्य एनपी साउदको पहलमा उक्त बजेट विनियोजन गरिएको हो।

साउन–भदौको बाढीबाट वर्षेनी प्रभावित हुँदै आएका नदी आसपासका बस्तीहरूमा सुरक्षाका लागि यो योजनालाई प्राथमिकतामा राखिएको हो।

कृष्णपुर नगरपालिकामा ३ करोड ३५ लाख

कृष्णपुर–१ खारखोला (विजयसाल नजिक) तटबन्ध : ३ करोड

ओदालखोला / खारखोला तटबन्ध : २५ लाख

मोहना नदी (कृष्णपुर–४) तटबन्ध : १० लाख

शुक्लाफाँटा नगरपालिकामा ८० लाख

वडा ९ सिसैया : १५ लाख

वडा १० टोटी नाला : १५ लाख

लालपनिया खोला : १५ लाख

वडा ८ घरकटुवा नदी : १८ लाख

वडा ७ सिमलफाँटा बस्ती : १७ लाख

बेदकोट नगरपालिकामा ३ करोड ४८ लाख

कनकट्टी खोलामा तटबन्ध : ३ करोड

गन्धा खोला : १० लाख

साझगाड खोला : २० लाख

साझगाड खोला (बैताडा खण्ड) : १८ लाख

जनताको तटबन्ध कार्यक्रम (साढे ५ करोडका योजना ठेक्कामा)

कृष्णपुरको मछेली खोला

गेटाघाट झुलंगे पुल नजिक

शुक्लाफाँटा सुनवरा नदी

स्याली नदी

खजुवास्थित स्याली नदी

नेता साउदको नेतृत्वमा तीव्र विकास सांसद एनपी साउदले बाढी प्रभावित क्षेत्रको अवलोकनपछि तटबन्ध निर्माणलाई प्राथमिक विकास एजेन्डा बनाउँदै संघीय सरकारसँग बजेट सुनिश्चित गराएका हुन्।

स्थानीय तह, संघीय सरकार र सरोकारवाला निकायबीच समन्वय गर्दै उनले कञ्चनपुरको दीर्घकालीन सुरक्षा र पूर्वाधार विकासमा मूल्यवान पहल गरेका छन्।

बजेट विनियोजन भएपनि पारदर्शिता, समयमै कामको सुरु र गुणस्तरीयता अबको मुख्य चुनौती हुने देखिएको छ। नागरिकले योजनाको प्रभावकारी कार्यान्वयनका लागि निगरानी पनि बढाउँदै लगिरहेका छन्।

नेता साउदको पहलले कञ्चनपुरको बाढीपीडित बस्तीहरूमा राहत र विश्वासको सञ्चार गरेको छ। तटबन्ध निर्माणले केवल सुरक्षा होइन, विकास र स्थायित्वको मार्ग खोल्नेछ भन्ने जनआशा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply