गणेश क्षेत्री /
जेठ ३१ धनगढी
चैते धान लगाएका कृषकहरु सरकारले चैते धानको समर्थन मुल्य नतोक्दा ब्यापारी ले तोकेको न्युनतम मुल्यमा बिक्रि गर्दा मर्कामा परेका छन्
पोहोरसाल चैते धान प्रति कुन्टल ३ हजार ५ सय रुपैयाँ बिक्रि गरेर राम्रै कमाइ गरेका कृषकहरु यो बर्ष २ हजार ४ सय रुपैयाँ मात्रै मुल्य पाउँदा साफानाफा बराबर नै हुने भजनि नगरपालिका वडान ८ का अध्यक्ष तथा कृषक पंकज चौधरी ले बताउनुभयो ! फरक पनि झन्डै १ हजार रुपैयाँ प्रति कुन्टल पो छ अब कृषक लाइ मर्का पर्छ कि पर्दैन चौधरी ले प्रस्न गर्नुभयो
बर्षातको समयमा लगाएको धानबालि बाढिले बगाउने हुनाले कृषकहरु चैते धान तर्फ आकर्षित भएको वडान ५ का अध्यक्ष केसब बुढा ले बताउनुभयो तर सरकारले चैते धानको मुल्य नै नतोकेर कृषकहरुलाइ पलाएन हुने स्थिति मा पुर्याएको बताउनुभयो
भजनि वडान ८ का कृषक टेसराम चौधरी ले चैते धानको मुल्य सुनेर चिन्ता लागेको बताउनुभयो ! समुह बाट ऋण निकालेर धानखेतिमा लगाइयो तर बराबर हुने स्थिति छ निकै गाह्रो भएको छ सरकार को कमजोरी छ तुरुन्तै मुल्य तोक्नुपर्ने चौधरी को भनाइ थियो
घोडाघोडि नगरपालिका , सुखड , भजनि लगायत कैलालीको विभिन्न क्षेत्रमा गरेर १ हजार १ सय ५० हेक्टरमा चैतेधान को खेति गरिन्छ ! चैते धान खेति गर्दा सिचाइ को लागि बिधुत को प्रयोग र डिजल इन्जनको मदत बाट पानी निकाल्ने हुनाले चैते धान खेति अलि महँगो पर्नेगरेको छ
कृषक ज्ञान बहादुर रावल ले चैते धान खेति अलि महँगो भएपनि उत्पादन राम्रै हुने गरेको छ तर यो बर्षको बजार मुल्यले कृषकहरु मर्कामा परेको बताउनुभयो ! रावल ले नेताहरु सत्तामा नबस्दा कृषकहरुको समस्या समाधान गर्छु भन्छन् तर सत्तामा पुगेपछि सत्ताको मात लागेर कृषक को समस्या लाइ ध्यान नदिनु दु:खद भएको बताउनुभयो
खेताला को ज्याला , इन्धनको मुल्य , बिउबिजनको मुल्य, खादमल को मुल्य दिनप्रतिदिन बढ्दै जानु तर उत्पादन गरेको धान को मुल्य झन घट्नाले सरकारको गैरजिम्मेवारी झल्किने कृषक कृष्ण धमालाले बताउनुभयो