राप्ती सोनारी–२ मा पक्की पुल निर्माणका लागि सर्वपक्षीय निर्णय

कृष्ण केसी
असार २ धनगढी
बाँके -राप्ती सोनारी गाउँपालिका–२ हरिहरपुरमा आयोजित सर्वपक्षीय आम भेलाले हरिहरपुर–मुगुवा जोड्ने ठुरे खोलामा मोटरेवल पक्की पुल निर्माणका लागि नेपाल सरकार र सरोकारवाला निकायसँग पहल गर्न सार्वजनिक निर्णय पारित गरेको छ।

करीब ५ सय मिटर चौडाइ रहेको खोलाले वर्षौंदेखि स्थानीयलाई सास्ती दिँदै आएको हुँदा अब यो विषयलाई राष्ट्रिय एजेण्डाको रूपमा अगाडि बढाइने भेलाले निष्कर्ष निकालेको हो।

कार्यक्रममा सहभागिता जनाउने सम्पूर्ण जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय जनसमुदायलाई धन्यवाद दिने निर्णय पनि पारित गरिएको छ। भेलामा स्थानीय समस्या, विगतका प्रयास र हालसम्मको सरकारी उदासीनताबारे व्यापक छलफल गरिएको थियो।
प्रस्तावहरू:
१. मोटरेवल पक्की पुल निर्माणका लागि सरकारी तथा सरोकारवाला निकायसँग पहल गर्ने
२. धन्यवाद ज्ञापन सम्बन्धमा
३. विविध विषयहरूमा छलफल

निर्णय नं. १:
राप्ती सोनारी गाउँपालिका–२ स्थित हरिहरपुर र मदुवन जोड्ने स्थानमा ५ सय मिटर चौडाइमा फैलिएको मुगुवा (ठुरे) खोलामा मोटरेवल पक्की पुल निर्माणका लागि नेपाल सरकार, संघीय सांसद, प्रदेश सरकार तथा सम्बन्धित निकायहरूसँग शीघ्र पहल गर्ने निर्णय गरियो। विगतमा पनि स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलहरूले विभिन्न प्रयास गरे तापनि हालसम्म कुनै औपचारिक सूचना वा कार्यान्वयन हुन नसकेकोले, आम जनताको समस्यालाई ध्यानमा राखी यो प्रस्ताव पारित गरिएको हो।

निर्णय नं. २:
उक्त कार्यक्रमको आयोजनामा सहकार्य गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरियो।

निर्णय नं. ३:
पुल निर्माणको दीर्घकालीन माग तथा स्थानीय पीडा र जोखिमलाई ध्यान दिँदै सार्वजनिक एजेण्डाको रूपमा यस विषयलाई स्थापित गर्ने निर्णय पनि आम भेलाबाट सर्वसम्मत पारित गरियो। स्थानीय बुद्धिजीवी, समाजसेवी, पत्रकार, राजनीतिक दल तथा सर्वसाधारणको रोहबरमा पारित गरिएको यस निर्णयले अब यो मागलाई राष्ट्रिय एजेण्डासम्म पुर्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply