कृष्णपुर नगरपालिकामा निशुल्क शववाहन तथा चिस्यान सेवा सुरु

हेमा भट्ट ३२ असार २०८२
कृष्णपुर नगरपालिकाले जनहितमा निशुल्क शववाहन तथा चिस्यान सेवा सुरु गरेको छ। मिति २०८२ साल श्रावण १ गते बिहीवारदेखि औपचारिक रूपमा सेवा सञ्चालनमा आएको हो।

नगरपालिकाका उपप्रमुख द्रोपती राना ज्युले आज विधिपूर्वक पूजापाठ गरी सेवा उद्घाटन गर्नुभयो। सेवा अन्तर्गत शववाहन मात्र नभई चिस्यान (शव सुरक्षित राख्ने सुविधा) समेत उपलब्ध गराइएको छ।

शववाहनका चालक प्रेम जोशी रहनुभएको छ। आवश्यक परेको खण्डमा उहाँसँग निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिन्छ:
9766088011, 9708041144

नगर प्रमुखले शव व्यवस्थापन सम्बन्धी सेवा नगरवासीका लागि अत्यन्त आवश्यक भएकाले यस्तो सेवा प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा अझ विस्तृत र गुणस्तरीय सेवा विस्तार गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

स्थानिय बासिन्दाहरूले नगरपालिकाको यो पहललाई जनमैत्री, सहयोगी तथा समय सापेक्ष कार्य भन्दै उच्च प्रशंसा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply