वनदेवी सामुदायिक वनद्वारा विपन्न तथा जेहेनदार छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

हेमा भट्ट असार ३१, २०८२

कञ्चनपुर – वनदेवी सामुदायिक वन उपभोक्ता समूह, कृष्णपुर नगरपालिका–९, राजघाट, कञ्चनपुरद्वारा आयोजित शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम श्री नवज्योति आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष निरज भण्डारीले गरेका थिए भने प्रमुख अतिथि वडा नं. ९ का अध्यक्ष कैलाश बहादुर बलायर रहेका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिभान बिक, प्राचार्य टेकबहादुर साउद, पिपरिया सब डिभिजनका वन रक्षक हरी सार्की, सह–प्राचार्य सम्झना बस्नेत साउद, समाजसेवी चेतराज अवस्थी, र भलामन्सा ओमप्रकाश चौधरी लगायतको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि बलायरले सामुदायिक वनद्वारा सञ्चालित सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष भण्डारीले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाउँदै विद्यार्थीको शिक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको बताए।

कार्यक्रमअन्तर्गत २० जना विपन्न तथा जेहेनदार छात्रछात्रालाई झोला, स्टेशनरी, डटपेन लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply