नेपाल प्रेस युनियनले सुदूरपश्चिमबाट दिपेन्द्र बस्नेतलाई केन्द्रीय सदस्यमा मनोनित गर्‍यो

हेमा भट्ट श्रावण १
कञ्चनपुर -नेपाल प्रेस युनियनको केन्द्रीय समितिले आफ्नो विधान २०४८ (छैटौं संशोधन २०७९) को धारा २१ को उपधारा (झ) अनुसार देशका विभिन्न भागबाट ६ जना पत्रकारहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।

उक्त मनोनयनमा कञ्चनपुर पुनर्वास निवासी वरिष्ठ पत्रकार दिपेन्द्र बस्नेत पनि परेका छन्। विशेषतः स्थानीय पर्यटकीय स्थल ‘प्यारा ताल’को संरक्षण र प्रवर्द्धनमा पुर्‍याएको उल्लेखनीय योगदानका कारण उहाँलाई केन्द्रीय तहमा सम्मान गरिएको हो।

स्थानीय तह तथा सामाजिक सञ्जालमार्फत निरन्तर रूपमा प्यारा तालको सौन्दर्य र महत्व उजागर गर्दै आएका बस्नेतले “प्यारा ताल नै नेपालको हो” भन्ने भावना स्थापित गर्न सफल भएको स्थानीयको भनाइ छ।

ताल क्षेत्रको सौन्दर्यकरणका लागि उहाँकै अगुवाइमा सयौं मूर्ति, बेंच, डेक्स जडान भएका छन्। साथै, स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै ताललाई क्षेत्रीय पर्यटकीय गन्तव्यमा रूपान्तरण गर्न प्रेरणा दिइरहनुभएको छ।

नेपाल प्रेस युनियनका अनुसार मनोनित सदस्यहरूले प्रेस स्वतन्त्रता, पत्रकारिता क्षेत्रको विकास र युनियनको आदर्शप्रति प्रतिबद्ध रहँदै रचनात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा मनोनित कञ्चनपुर पुनर्वास निवासी वरिष्ठ पत्रकार दिपेन्द्र बस्नेत।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply