कञ्चनपुर जिल्ला यु-१७ महिला फुटबल खेलाडी छनौट सम्पन्न, १२ जनाको नाम सिफारिस

बिकाश सिह महता
महेन्द्रनगर / साउँन ०३ गते सनिवार

कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा यू-१७ महिला खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ।

कञ्चनपुर जिल्ला फुटबल संघले सनिवार एक कार्यक्रमको आयोजना गर्दै जिल्ला स्तरीय यू-१७ महिला खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो

उनका अनुसार , अखिल नेपाल फुटबल संघको प्राप्त पत्र अनुरुप, दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार नेपालको यू-१७ महिला फुटबल टिमको तयारीका लागि कञ्चनपुर जिल्लाको महिला छनौट गरिएको हो।

जिल्ला छनौट कार्यक्रममा सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ, प्रदेश फुटबल संघका सदस्य गोपाल चन्द , जिल्ला फुटबल संघका महासचिव नितेश रावल, एन्फा प्रशिक्षक पुष्कर शाही, भरत महता, हिमाल मल्ल लोक पातली, नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी टेकेन्द्र थापा, संघका पदाधिकारी सदस्य, खेलाडी लगायत खेलप्रेमीको उपस्थिति रहेको थियो।

भुटानको थिम्पुमा २०८२ भदौ ४ गते देखि १५ गते सम्म साफ यू-१७ च्याम्पियनसिप २०२५ मा सहभागीता जनाउने नेपालको राष्ट्रिय यू-१७ महिला फुटबल टिम तयारी गरिने छ।

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास, बेदकोट लगायतका ठाउँबाट छनौटमा ३० जना खेलाडीको उपस्थितिमा खेलाडी छनौट गरिएको थियो। उक्त छनौट बाट १२ जना छनौटमा परेका छन् । जसमा मंगला व्याडी, पवित्रा कुमारी सार्की, लक्ष्मी खड्का, आरसी बि.के., विबिसा विष्ट, आसिका खड्का, डम्मरी व्याडी, हिमा केशी, अनुका शाही, स्मृती थापा, आकृती शाही, प्रतिक्षा केशी छनौटमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply