सुदूरपश्चिम अटो व्यवसायीको ऐतिहासिक एकता : कमल राज ओझाको नेतृत्वमा नयाँ समिति गठन

हेमा भट्ट, श्रावण ३, २०८२
धनगढी उपमहानगरपालिका–४ स्थित होटल सौराइमा सम्पन्न भेलाले सुदूरपश्चिम अटो पार्ट्स व्यवसायीहरूको साझा संगठन “सुदूरपश्चिम अटो पार्ट्स एसोसिएसन” गठन गरेको छ। भेलाले महिन्द्रा एण्ड महिन्द्रा अत्तरिया – शिवम अटो ह्विल्सका संचालक कमल राज ओझालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ। कमल राज ओझा — जो केवल एक व्यवसायी होइनन्, बरु समाजसेवामा समेत गहिरो छवि बनाइसकेका उद्यमी हुन्।

उनले भने:“हामी सबै बाँच्न चाहन्छौं, तर एक्लै बाँच्न सकिन्न। अब हामी सँगसँगै बाँच्नेछौं — इमानदारी, एकता र सहयोगका साथ।”

व्यवसायिक एकता, मूल्य अनुशासन, ग्राहक सेवा सुधार, र सामाजिक उत्तरदायित्वलाई लक्ष्य बनाउँदै गठन भएको यस संगठनमा निम्न पदाधिकारीहरू चयन भएका छन्:

अध्यक्ष: कमल राज ओझा,उपाध्यक्षहरू दिल्ली राज नेपाली, संजिव कुमार जैन, भिम बहादुर कार्की,सचिव प्रकाश चन्द्र भट्ट, सहसचिव जनकराज बोहरा, कोषाध्यक्ष प्रदीप सिंधल,
र सदस्य नवीन गोयल, रामजी ज्ञवाली, रघुनाथ अवस्थी, लक्ष्मण रिजाल —सबैजना अनुभवी, प्रतिबद्ध र दूरदृष्टि भएका व्यवसायी हुन्।

समितिको पहिलो बैठकमा बोल्दै अध्यक्ष ओझाले भने-हामीलाई एकताले बाँध्ने बेला आएको छ। सुदूरपश्चिमका व्यवसायीहरू अब एकताबद्ध भएर ग्राहकलाई गुणस्तरीय सेवा र सहुलियतमा अटो पार्ट्स उपलब्ध गराउने दिशामा अघि बढ्नेछन्।”

उहाँले विशेष गरी पार्ट्सका लागि बुटवल र काठमाडौंबाट निर्भर हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै धनगढीलाई नै अटो पार्ट्स आपूर्तिको केन्द्र बनाउने योजना सार्वजनिक गरे।
साथै, उधारो प्रथाले साना व्यवसायीलाई पर्ने भार, मूल्य असमानता, र प्रतिस्पर्धाको अराजकता अन्त्य गर्ने, र संगठनमार्फत व्यवसायीबीच पारदर्शिता र सहयोगको भावना विकास गरिने प्रतिबद्धता व्यक्त गरे।

समाजप्रतिको उत्तरदायित्वबोधका साथ, संकलित कोषबाट विपन्न, अपाङ्ग, टुहुरा तथा असहायलाई सहयोग गरिने योजनासमेत अगाडि सारिएको छ। क्त भेलामा कैलालीका अत्तरिया र धनगढीका व्यवसायीहरूको सहभागिता थियो। सहभागीहरूले संगठनको गठनलाई इतिहासमै पहिलो सुदृढ व्यवसायिक समितिका रूपमा व्याख्या गरे।

सुदूरपश्चिम अटो पार्ट्स एसोसिएसनको गठनसँगै यहाँको अटो व्यवसाय क्षेत्र अब संगठित, उत्तरदायी र भविष्यमुखी दिशातर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply