प्रहरी–पत्रकार सहकार्य सुदृढ बनाउने उद्देश्यसहित कञ्चनपुरमा विशेष कार्यक्रम सम्पन्न

हेमा भट्ट ५ श्रावण २०८२
कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयोजनामा वार्षिक कार्य प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम आज एक विशेष माहोलमा सम्पन्न भएको छ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सभाहलमा दिउँसो १:३० बजे सुरु भएको थियो। कार्यालय प्रमुखको अगुवाइमा सम्पन्न कार्यक्रममा प्रहरी, पत्रकार तथा बाल सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रह्यो।

कार्यक्रममा वर्षभरिका प्रहरी गतिविधिहरूको समिक्षा गरिनुका साथै सञ्चारकर्मीहरूसँग प्रत्यक्ष संवादमार्फत आगामी दिनमा हुने सहकार्यका सम्भावनाहरूबारे गहन छलफल गरिएको थियो।

समाजमा शान्ति, सुरक्षा र सुशासन प्रवर्द्धन गर्न प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको भन्दै कार्यक्रमले सार्वजनिक उत्तरदायित्व र पारदर्शिताको अभ्यासमा सञ्चार र सुरक्षाबीचको सहकार्य अपरिहार्य रहेको सन्देश प्रवाह गरेको छ।

उक्त अवसरमा पत्रकारहरूले सुरक्षाकर्मीप्रतिको जनविश्वास सुदृढ बनाउने उपायहरूबारे समेत धारणा राखेका थिए। बाल अधिकार, लैङ्गिक सुरक्षा र सामुदायिक प्रहरी प्रणाली जस्ता विषयहरूमा पनि सक्रिय बहस गरिएको थियो।

कार्यक्रमको निष्कर्षले प्रहरी र पत्रकारबीचको पारस्परिक सम्मान र सहकार्य आगामी दिनको साझा यात्राको जग हुने संकेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply