कञ्चनपुरमा सरकारी बेथिति विरुद्ध माओवादी केन्द्रको अभियान सुरु

केशव थापा, साउन ५
कञ्चनपुर — जिल्लाका विभिन्न सरकारी कार्यालयमा व्याप्त बेथिति, भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता विरुद्ध नेकपा माओवादी केन्द्रले प्रतिकारात्मक अभियान थालेको छ। प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको माओवादी केन्द्रले भीमदत्त नगरपालिका क्षेत्रका सेवा प्रदायक सरकारी कार्यालयहरूमा डेलिगेशनसहित ज्ञापन पत्र बुझाउँदै चेतावनी दिएको हो।

माओवादी केन्द्र कञ्चनपुरका युवा नेता जगत बहादुर धामीले सरकारी सेवाबाट नागरिकले प्रभावकारी सेवा पाउनुपर्नेमा उल्टै भ्रष्टाचार र अनियमितताले नागरिक हैरान भएको गुनासोपछि पार्टीले सघन अभियान थालेको जानकारी दिए।

उनका अनुसार अभियान भीमदत्त नगरपालिकाका कार्यालयहरूदेखि सिँचाइ, सडक, कृषि, विद्युत, जलस्रोत, डिभिजन वन, भेटेनरी, महाकाली अस्पताललगायतका निकायहरूमार्फत सुरु गरिएको हो।
विगतका आर्थिक वर्षहरूमा सम्पन्न योजना, तिनको भौतिक तथा वित्तीय प्रगति विवरण, सार्वजनिक सूचना प्रणालीको स्थितिबारे जानकारी मागिएको छ।

सुदूरपश्चिम प्रदेश सदस्य तथा **भ्रष्टाचार नियन्त्रण संयोजक दिपक साउद (शेखर)**ले सरकार बाहिर रहे पनि पार्टी सुशासन, पारदर्शिता र जनहितको पक्षमा सदन र सडक दुबैबाट संघर्षरत रहेको बताए।

उनले भने, “सरकारमा नहुँदा पनि हामी भ्रष्टाचार विरुद्ध सक्रिय छौँ। जनताको करबाट सञ्चालन हुने कार्यालयहरूले जनतामै अन्याय गर्न मिल्दैन।”

भ्रष्टाचार विरुद्धको अभियानमा संयोजक शेखरसँगै नेता आनन्द सिँह धामी, कमल नेपाली, कविराज धामी (तुफान), तेजेन्द्र ऐर, भुवन कुँवर, पदमराज जोशी, बासुदेव घिमिरे, धर्मराज कठायत लगायतका कार्यकर्ताहरू सक्रिय छन्।

माओवादीले अभियान जिल्ला सदरमुकामबाट सुरु गरी अन्य पालिकासम्म विस्तार गर्ने योजना बनाएको जनाएको छ।
सरकारी ढिलासुस्ती र सेवाग्राहीको हैरानी अन्त्य गर्दै जनतालाई प्रभावकारी सेवा र सुशासन सुनिश्चित गर्नु नै माओवादीको उद्देश्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply