२ अर्ब ८७ करोड ७७ लाख राजस्व संकलन

साउन ५ धनगढी
आन्तरिक राजस्व कार्यालय धनगढीले २ अर्ब ८७ करोड ७७ लाख ८८ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा उक्त राजस्व संकलन गरेको हो ।

आन्तरिक आय अन्तरगत साझेदारी फर्मवाट २६ करोड ७३ लाख आठ हजार र व्यक्तिगत फर्मबाट १ अर्ब २७ करोड ७९ लाख ८१ हजार राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी छत्र माझीले निशाना न्युजलाई जानकारी दिए ।

त्यस्तै,अन्तःशुल्कबाफत १६ करोड ४३ लाख ९५ हजार र मूल्य अभिवृद्धि करबाफत १ अर्ब ११ करोड ४ लाख ४३ हजार राजस्व संकलन भएको उनले जानकारी दिए ।

कार्यालयको गत आवमा ३ अर्ब ५३ करोड ५८ लाख ५८ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकोमा लक्ष्यको ८१.३९ प्रतिशतमात्रै राजश्व संकलन भएको सूचना अधिकारी माझीले जानकारी दिए । लक्ष्यभन्दा १८.६१ प्रतिशत कम राजस्व संकलन भएको उनले बताए ।
गत आवमा अघिल्लो आव २०८०/८१ भन्दा राजस्व संकलन वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा १९ करोड ९३ लाख ३८ हजार अर्थात ७.४४ प्रतिशत बढी राजस्व संकलन भएको उनले बताए ।

तर गत आवमा पनि राजस्व संकलन लक्ष्यमा भने पुग्न सकेको थिएन् । अघिल्लो आव २०८०/८१ मा कार्यालयको ३ अर्ब ८ करोड ४१ लाख ४० हजार राजस्व संकलनको लक्ष्य रहेकोमा २ अर्ब ६७ करोड ८४ लाख ७५ हजार मात्रै राजस्व संकलन भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply