८ हजार मेट्रिकटन चैते धान उत्पादन

साउन ६ धनगढी
कैलालीमा ८ हजार १ सय मेट्रिकटन चैते धान उत्पादन भएको छ । यस वर्ष जिल्लामा उक्त परिमाणको चैते धान उत्पादन भएको हो ।

कृषि ज्ञान केन्द्र कैलालीका सहायक कृषि प्रसार अधिकृत मदनराज जैशीका अनुसार यस वर्ष १ हजार ५ सय हेक्टरमा चैते धान लगाइएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष चैते धानखेतीको क्षेत्र बढ्नुका साथै उत्पादन पनि बढेको उनले बताए । गत वर्ष जिल्लामा १ हजार १ सय हेक्टरमा चैते धान खेती गरिएकोमा ५ हजार ७ सय २० मेट्रिकटन उत्पादन भएको उनले बताए ।

उनले चैते धानको उत्पादकत्व समेत वृद्धि भएको बताउँदै गत वर्ष ५.२ मेट्रिकटन प्रतिहेक्ट उत्पादकत्व रहेकामा यस वर्ष ५.४ मेट्रिकटन प्रतिहेक्ट पुगेको बताए ।

उनले समयमै चैते धान रोपे उत्पादन अझै बढ्ने बताए । उनले भने ‘यहाँ धान ढिला रोप्ने गरेको देखिन्छ । धान नपाक्दै काट्दा उत्पादन कम भएको देखिन्छ । समयमै रोप्ने र काट्ने गरे उत्पादन अझै बढ्छ ।’

जिल्ला बढी डुवान प्रभावित हुने क्षेत्रका किसानले चैत धान खेती गर्दै आएका छन् । सबैभन्दा बढी भजनी नगरपालिकामा चैते धान खेती गर्ने गरिएको छ । यसैगरी, जोशीपुर, जानकी गाउँपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिकालागयतका डुवान प्रभावित क्षेत्रका किसानले चैते धान खेती गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply