दोधारा चाँदनी सुख्खा बन्दरगाहमा अवरोध नहोस् भारतीय कम्पनीको आग्रहसहित आधा दर्जन शर्त

साउन ६ धनगढी

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–१ मा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको काम अघि बढाउँदै भारतीय कम्पनी सीओएमटी कन्स्ट्रक्सनले नगरपालिकासँग आधा दर्जन शर्तहरू राखेको छ।

गौरीशंकर सामुदायिक वन क्षेत्रमा बन्न लागेको बन्दरगाहको निर्माणस्थल हस्तान्तरणपछि नगर प्रमुख किशोरकुमार लिम्बुको कार्यकक्षमा आयोजित छलफलमा कम्पनीले यी मागहरू राखेको हो। कार्यक्रममा नेपाल इन्टरमोडल यातायात विकास समिति, भारतीय दूतावास, राइट्स कन्सलटेन्सी, गौरीशंकर सामुदायिक वन उपभोक्ता समिति तथा नगरका वडाध्यक्षहरूको उपस्थिति थियो।

कम्पनीका प्रमुख शर्तहरू:

१. नदीजन्य पदार्थ निःशुल्क माग
कम्पनीले नेपाल–भारतबीचको समझदारी अनुसार निर्माणमा आवश्यक नदीजन्य पदार्थ (गिट्टी, बालुवा) निःशुल्क उपलब्ध गराइनुपर्ने माग राखेको हो।
यसबारे प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले संघ तथा प्रदेश सरकारको निर्णयअनुसार मात्र सम्भव हुने जानकारी दिएका छन्।

२. निर्माणस्थलमा मानवीय र चौपाया प्रवेश निषेध
कम्पनीले विद्युत उपकरण जडान हुने भएकाले दुर्घटना हुन सक्ने भन्दै स्थानीय र पशुको आवागमन रोक्न आग्रह गरेको छ।

३. चोरी नियन्त्रणमा नगरपालिका जिम्मेवार हुनुपर्ने
सुरुमा नै करिब २०० रुख चोरी भइसकेको भन्दै कम्पनीले सीसीटीभी जडान गरे पनि सुरक्षा सुनिश्चितता स्थानीय सरकारबाट खोजेको हो।

४. स्थानीयलाई रोजगारीमा प्राथमिकता, तर पेटी ठेक्का तत्काल सम्भव छैन
कम्पनीले सूचना जारी गरी रोजगारीमा स्थानीयलाई प्राथमिकता दिने बताएको छ। तर साना काम बाहेक पेटी ठेक्का तत्काल नदिइने स्पष्ट पारेको छ।

५. कामदार आपूर्ति सुनिश्चित गरिनुपर्ने
स्थानीयबाट कामदार नपाए अन्यत्रबाट ल्याइने भएकाले नगरपालिकाले विवाद नगर्न स्पष्ट सन्देश दिएको छ।

६. अवरोधरहित वातावरण माग
कम्पनीका प्रबन्ध निर्देशक सुनिलकुमार शर्माले ‘यदि सहज वातावरण मिलेमा २ वर्षमै बन्दरगाह निर्माण सम्पन्न हुन्छ’ भन्दै सहयोगको अपिल गरेका छन्।

कम्पनीले तीन अर्ब ३७ करोड रुपैयाँको लागतमा सुख्खा बन्दरगाह तीन वर्षमा निर्माण गर्ने सम्झौता गरेको छ। निर्माणस्थल अहिले हस्तान्तरण भइसकेको छ।

प्रधानमन्त्रीद्वयद्वारा संयुक्त शिलान्यास-नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा सुख्खा बन्दरगाहको शिलान्यास गर्ने तयारी रहेको समेत जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply