सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या दुई लाख ४० हजार पुग्यो

साउन ७ धनगढी
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बीमा गर्नेको संख्या दुई लाख ४० हजार ६९९ पुगेको छ ।

आर्थिक वर्ष २०८१।०८२ मा स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको तथ्याङ्क अनुसार उक्त नागरिकले स्वास्थ्य बीमा गरेका हुन् ।

१ लाख ३ हजार ५९९ घरधुरीका मानिसहरु स्वास्थ्य बीमामा प्रत्यक्ष संलग्न रहेको सूचना अधिकारी गोविन्दराज ओझाले निशाना न्युजलाई जानकारी दिए ।

स्वास्थ्य बीमा गराउनेमा अछाममा १५ हजार ४७२ जना, बैतडीमा १४ हजार ९२८,बझाङ्ग १० हजार १६३, बाजुरामा ८ हजार ३५५ जना रहेको उनले बताए ।

त्यस्तै,डडेल्धुरामा १६ हजार ४९१,दार्चुलामा ८ हजार ८७९,डोटीमा १२ हजार ५५४,कैलालीमा, १ लाख ११ हजार १५९ र कञ्चनपुरमा ३६ हजार ६५९ जना रहेको उनले बताए ।

आर्थिक वर्ष २०८०।८१ मा सुदूरपश्चिम प्रदेशको ९ वटै जिल्लाका १ लाख २६ हजार ५१ घरधुरीका २ लाख ५४ हजार १३४ जना मानिसहरुले स्वास्थ्य बीमा गरेको उनले बताए ।

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०।८१ को भन्दा आर्थिक वर्ष २०८१।०८२ अषाढ मसान्त सम्म अलि कम छ काम भईरहेको छ डाटा भदौ असोजमा आउछ गत बर्षको तुलनामा बढ्ने अनुमान गरेका छौ ।

उनले भने ‘ग्रामीण क्षेत्रका मानिसहरुमा जनचेतना नहुनु यसको प्रभावकारिता बारेमा थाहा नपाउनुले पनि हुन सक्छ,जति स्वास्थ्य बीमा हुनु पर्ने त्यती हुन सकेको छैन ।’

कञ्चनपुरभन्दा कैलालीमा स्वास्थ्य बीमा गराउनेको संख्या बढि रहेको उनले बताए । उनले ग्रामीण क्षेत्रको भन्दा सहरी क्षेत्रका मानिसहरुमा स्वास्थ्य बीमाप्रति आकर्षण बढेको बताए । सुदूरपश्चिमको कुल जनसंख्याको आधाले पनि स्वास्थ्य बिमा नगरेको उनको भनाइ छ ।

यहाँ करिब २७ लाख जनसंख्या भएपनि स्वास्थ्य बीमा गराउनेको संख्या न्युन रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply