हेमा भट्ट साउन ७
कञ्चनपुर -उदय बाल क्लबको आयोजनामा तथा उदय माध्यमिक विद्यालयको सहयोगमा सञ्चालित ७ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम आज एक विशेष समारोहबीच सम्पन्न भएको छ।
समापन समारोहका सभाध्यक्ष क्लबका अध्यक्ष राजाराम शाही रहनुभएको थियो भने प्रमुख अतिथि कृष्णपुर नगरपालिका–२ का वडा अध्यक्ष अर्जुन सिंह साउद रहनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई नेतृत्व क्षमता, आत्मविश्वास र भाषिक कौशल विकासका लागि यस्ता तालिमहरू अपरिहार्य रहेको बताउँदै भने:
“युवाहरूको नेतृत्व क्षमता विकास गर्न यस्ता तालिमहरू विद्यालयमै निरन्तर सञ्चालन गर्नु आवश्यक छ। नगरपालिका यस्ता रचनात्मक कार्यमा सधैं साथ रहनेछ।”
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र पाल, विद्यालयका प्रधानाध्यापक बम्मन राना, प्रमुख प्रशिक्षक के.पी. कलौनी, प्रशिक्षक प्रेरणा पाण्डे, र NNSWA की प्रोग्राम अफिसर सारिका पाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रम वासुदेव पाण्डेय र आशा विष्टले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो। तालिममा कक्षा ८ देखि १० सम्मका ३२ जना विद्यार्थी सहभागी थिए। प्रशिक्षण सहजीकरण के.पी. कलौनी, प्रेरणा पाण्डे, वासुदेव पाण्डेय र आशा विष्टले गर्नुभएको थियो।
विद्यालय प्रशासनका अनुसार, तालिमले सहभागी विद्यार्थीहरूमा व्यक्तित्व विकास, नेतृत्व क्षमता र सार्वजनिक वक्तृत्व कौशलमा उल्लेखनीय सुधार ल्याएको छ।
तालिममा सहभागी विद्यार्थी भन्छन्
पहिलो दिन बोल्न पनि डराउँ थ्यौ अब आत्मविश्वासका साथ धेरै मानिसको अगाडि आफ्नो विचार राख्न सक्छौ । यो तालिमले नेतृत्वमा अगाडि बढ्न हिम्मत दिएको छ।”
त्यस्तै, विद्यार्थी भन्छन् साथीहरूसँग समूहमा काम गर्दा सहकार्य सिक्ने । मौका आफैंमा आएको परिवर्तन महसुस गरेको बताए ।
समापन कार्यक्रममा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।