धनगढी, साउन ११ सुदूरपश्चिम भेगमा स्वास्थ्य सेवा विस्तार र प्रवासी नेपाली समुदायसँगको सम्बन्ध सुदृढ बनाउनका लागि निसर्ग अस्पताल र सुदूरपश्चिम समाज, दक्षिण कोरियाबीच सहकार्य सम्झौता भएको छ।
सम्झौतामा निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त र सुदूरपश्चिम समाज, दक्षिण कोरियाका अध्यक्ष महेश भट्टले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा अस्पतालका कार्यबाहक अध्यक्ष हेमन्त ओझा, सुदूरपश्चिम समाजका पूर्व अध्यक्ष तथा अन्कुर नेपालका संयोजक धर्मराज जोशी, परिश्रमी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अक्कल बहादुर सिंहलगायतको उपस्थिति रहेको थियो।
दुवै पक्षले सहकार्यले सुदूरपश्चिममा स्वास्थ्य पहुँच अभिवृद्धि गर्नुका साथै प्रवासी नेपाली समाज र मातृभूमिबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।
पत्रिकामा
सुदूरपश्चिम समाज दक्षिण कोरिया र निसर्ग अस्पतालबीच सहकार्य सम्झौता