कृष्णपुर नगरपालिकाबाट गुरही पर्वको शुभकामना तथा सार्वजनिक विदा घोषणा

कञ्चनपुर, साउन १२
कृष्णपुर नगरपालिका, कञ्चनपुरले यही साउन १३ गते मंगलवारको दिन थारु समुदायको विशेष पर्व गुरही को अवसरमा सम्पूर्ण नगरवासीहरुलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको शुभकामना व्यक्त गरेको छ।

नगर प्रमुख हेमराज ओझाद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएअनुसार, श्रावण शुक्ल पंचमी (नागपञ्चमी) का दिन मनाइने यो पर्वले सामाजिक एकता, धार्मिक सहिष्णुता र भातृत्व मजबुत बनाउने कार्यमा सहयोग पु¥याउने बताइएको छ।

साथै, बहु-धार्मिक र बहु-सांस्कृतिक समाजमा हरेक जात, वर्ग, क्षेत्र, धर्म र समुदायको चाडपर्वलाई समान महत्व दिइने नगरपालिकाको नीति अनुरूप यस वर्षको गुरही पर्वको अवसरमा स्वास्थ्य तथा अति आवश्यक सेवा बाहेक सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघ–संस्थामा एक दिनको स्थानीय सार्वजनिक विदा दिइएको जानकारी पनि सूचनामा दिइएको छ।

नगर प्रमुख ओझाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नगरवासीलाई पर्वको अवसरमा शुभकामना दिंदै पर्वमा सहभागिता जनाउन अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply