रैकवार खबर साउन १४
रुपन्देही, मायादेवी गाउँपालिका–८
चार दशक अघि बिहारबाट सीप लिएर स्वदेश फर्किएका गंगाराम सुनारले सुरु गरेका थिए — न्यु सोनिकुलर मेटल उद्योग। आज त्यो उद्योगको गेटमा ताला छ, चिम्नी निस्किन छाडेको धुवाँसँगै एक उद्यमीको सपना र आत्मसम्मान पनि खरानी हुँदैछ।
“देशमै केही गरौँ भनेर फर्किएको थिएँ, गल्ती गरेछु!” गंगाराम सुनार, उद्यमी कहानी एक उद्योगको मात्र होइन, सपना र आत्मनिर्भरताको हो
२०४० सालमा ४२ जना कामदारसहित सुरु भएको उक्त उद्योगले टिन बाकस, स्टोभ, जैविक चुलोदेखि शक्तिशाली ग्यास टंकीसम्म उत्पादन गथ्र्यो। ३०० केजीदेखि ४००० केजीका टंकीहरू उत्पादन गर्ने प्राविधिक क्षमता थियो।
गंगाराम भन्छन्, “सीप थियो, संघर्षको हिम्मत थियो, तर देशले साथ दिएन।”
बाधा र वेदना: उद्यम बन्द हुने कारणहरू कच्चा पदार्थ नेपालमै नपाइने, भारतबाट ल्याउँदा चोरी र तस्करीको सिकार बिलविना समानको खुलेआम व्यापार, सस्तो सामानको प्रतिस्पर्धा
भन्सारमा अनियमितता, ट्रकको बिल हामीले तिर्छौं, उनीहरूले १० ट्रक लुकाउँछन्
सरकारी नीति उद्यमविरोधी, समर्थन भन्दा सास्ती”यहाँ अब मेहनत हार्छ, चोरी जित्छ।” — गंगाराम रुपन्देहीमा मात्र २६१ साना-मझौला उद्योग बन्द भइसकेका छन्।
प्रत्येक बन्द गेट पछाडि एउटा सपना, एउटा परिवार, र एउटा आँसुको कथा छ। देशलाई उद्योग होइन, रेमिटेन्स चाहिएको जस्तो लाग्दैछ गंगारामलाई।
अन्तिम आक्रोश र चेतावनी “हामीले कहिल्यै गुणस्तरमा सम्झौता गरेका छैनौं। हामी उत्पादनमात्र होइन, रोजगारी सिर्जना गर्छौं, सीप दिन्छौं। तर अब त सपना भन्दा सस्तो सामान बिक्छ।”
“मैले देशका लागि काम गरेँ। देशले मलाई के दियो?”उद्यमी गंगारामको प्रश्न
गंगाराम जस्ता उद्यमीहरू उत्पादन मात्र होइन, भविष्य निर्माण गर्छन्। तर यदि यिनलाई हेर्ने राज्य अन्धो, नीति बहिरो रह्यो भने, भोलिको नेपाल उद्यमहीन, आत्महीन र सपनाविहीन हुनेछ।
जब उद्यम बन्द हुन्छ, अर्थतन्त्रको सास थुनिन्छ।”
“जब सपना चकनाचुर हुन्छ, देशको भविष्य लथालिङ्ग हुन्छ।
सम्पर्क जानकारी:
प्रो. गंगा बहादुर सुनार
९८४७०३८९१४, ९८११५६२६०३, ९८११५६२६०२
न्यु सोनिकुलर एण्ड मेटल उद्योग
मायादेवी गाउँपालिका–०८, बहडिलवा, रुपन्देही
सहकारीको लागि मात्र तयार गरिने विशेष तिजोरी, दराज, एअर कूलर
९०० पिससम्म एउटै चाबीबाट खोल्न मिल्ने सेवा, स्वयं उद्यमीले गएर फिटिङसमेत गरिदिने व्यवस्था।