गणेश क्षेत्री / साउन १६ धनगढी
कर्णाली माध्यामिक विद्ययालय टीकापुर ७ सत्तिमा ३० बर्ष सेवा अबधि पछी अनिवार्य अबकाश मा जान लागेका प्र अ जगबिर शाह को भब्य सम्मान तथा बिदाइ कार्यक्रम सप्पन्न भएको छ
बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने को सभापतित्वमा भएको कार्यक्रम मा संविधान सभा सदस्य हरि ज्ञवालि प्रमुख अतिथि रहनुभएको थियो ! विशिष्ट अतिथिमा साबिक नारायणपुर गाबिस का अध्यक्ष फकिर सिह कडायत ,वडान ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्ला ,वडान ९ का अध्यक्ष लौटन चौधरी रहनुभएको थियो
प्रमुख अतिथि ज्ञवालिले बिधालय राजनीति गर्ने थलो नभएको बताउनुभयो
यौटै बिधालय मा ३० बर्ष अध्यापन गराएर अनिवार्य अबकाश मा जान लाग्नुभएको प्र अ जगबिर शाह को भब्य सम्मान तथा बिदाइ कार्यक्रम ले उहाँ असल शिक्षक , कर्तब्य निष्ठ शिक्षक ,र बिध्यार्थि को भबिस्य प्रति चिन्तनशिल शिक्षक भएको प्रमाणित भएको बताउनुभयो
विशिष्ट अतिथि वडान ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्ला ले यो भब्य सम्मान तथा बिदाइ कार्यक्रम शिक्षक कर्तब्य निष्ठ भएपछि को नतिजा बताउनुभयो ! हरेक शिक्षक ले यो सम्मान तथा बिदाइ कार्यक्रम बाट सिक्नुपर्ने बताउनुभयो
वडान ९ का अध्यक्ष लौटन चौधरी ले आफुपनि यो स्कुल को पुर्ब बिध्यार्थि भएको र स्कुल लाई स्तरोन्नति गर्न प्रअ जगबिर शाह को भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो
साबिक नारायणपुर गाबिस का अध्यक्ष फकिर सिह कडायत ले भबिस्यमा बिध्यार्थि रास्ट्रको बागडाेर सम्हाल्ने हरुको जमात भएको तर त्यो जमात लाइ असल र कुसल बनाउने नै शिक्षक भएको बताउनुभयो
बिध्यालयका खुमानन्द ओलिको स्वागत मन्तव्य सङ्गै सुरुभएको कार्यक्रममा पुर्ब बिध्यालय ब्यवस्थापन का अध्यक्ष नरेश्वर धमाला , प्रअ हरुको तर्फ बाट रबिन्द्र कठायत , अध्यक्ष हरुको तर्फ बाट देब बहादुर बुढाथोकि, सामुदायिक सहकारी का अध्यक्ष पल बहादुर बस्नेत, पुर्ब विद्यार्थी बिनय बिक्रम शाह लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो
उज्यालो बहुउद्देश्यीय सहकारी , पुर्ब बिध्यार्थि समाज , कर्णाली मा बि सत्ति ,राम मन्दिर संरक्षण समिति,कक्षा १२ का बिध्यार्थि हरुले सम्मान पत्र सहित अबकाश प्राप्त प्रअ जगबिर शाह लाइ सम्मान गरेका थिए
आजै जगबिर शाह को जन्मदिन परेकोले केक काटेर जन्मदिन समेत मनाइएको थियो
प्रअ शाहलाई भुतपुर्व विद्ययार्थि समाज ले पन्चे बाजा सहित बजार परिक्रमा गराएका थिए
प्रअ जगबिर शाह ले ३० बर्ष सम्म इमानदारीताका साथ बिद्ययार्थिको भबिस्यको लागि खटियको परिणाम ले आज आफु लाइ गौरवान्वित भएको बताउनुभयो !
शभापति तथा वडान ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने ले शिक्षक ले यसरि सम्मानित भएर अबकाश पाउन लागेको कार्यक्रम अभुतपुर्ब भएको बताउनुभयो
शिक्षक इमानदार कर्तब्य निष्ठ , छल कपट बाट टाढा भएर अध्यापन ले आज सार्थकता पाएको न्यौपाने ले बताउनुभयो
कार्यक्रम को संचालन शिक्षक ओपेन्द्र खड्काले गर्नुभएको थियो